दोर्दी खोला जलविद्युतको वार्षिक साधारण सभा स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोर्दी खोला जलविद्युतको वार्षिक साधारण सभा स्थगित



काठमाडौं। दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ। मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २१ गते चापागाँउमा रहेको बज्रबाराही पार्टी प्यालेसमा बिहान ८ बजेदेखि डाकेको साधारण सभा स्थगित भएको हो।

गणपुरक संख्या नपुगेका कारण उक्त सभभा स्थगित गर्नु परेको कम्पनीले जनाएको छ । उक्त सभामा हकप्रद सेयर निष्कासन गर्ने, अधिकृत र जारी पूँजीसहित कम्पनीको प्रबन्धपब तथा नियमावलीमा संशोधन गर्ने र यसमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव गरिएको थियो ।

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरु समेत पारित गर्ने कार्यसूची थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस ७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।

प्रकाशित : 5 January, 2026 11:26 am