काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा जागिर खुलेको छ । कम्पनीका निर्वतमान सिइओले राजीनामा दिएपछि खाली भएको सिइओ पदमा कम्पनीले जागिर खुलाएको छ ।
कम्पनीले आवेदन दिन उमेर ४० वर्ष पूरा भई ६५ वर्ष ननाघेको १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । सिइओका लागि परीक्षा अन्तर्वार्ता तथा व्यावसायिक प्रस्तावको प्रस्तुतीकरण हुनुपर्ने बताएको छ ।
सिइओमा आवेदन दिन व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर हुनुपर्ने कम्पनीले जनाएको छ ।
चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक गरेकाले पनि सिइओ पदमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । तर त्यसका लागि बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्न अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्ष काम गरेको हुनु पर्ने छ ।






Comment