नागरिक लगानी कोषले डाक्याे साधारण सभा, के-के छन् एजेण्डा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नागरिक लगानी कोषले डाक्याे साधारण सभा, के-के छन् एजेण्डा ?



काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ९ गते बसेको कोषको सञ्चालक समितिको बैठकले ३१ औं वार्षिक साधारण सभा डाकेको हो।

बैठकले आगामी पुस ३० गते बुधबारका दिन काठमाण्डौको नयाँ बानेश्वरमा रहेको कोषको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कोषको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वासलात,नाफा/नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने एकजना सञ्चालकको निर्वाचन गर्ने र साधारण सभाको निर्ण पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनी तथा सञ्चालकहरुको तर्फबाट १/१ जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कोषले पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कोषद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रकाशित : 25 December, 2025 11:44 am