मेरोमाइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

अर्थबजार स्टोरी

मेरोमाइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ८ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको १७९ औं बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश प्रस्ताव गरेको हो ।

बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ।

प्रकाशित : ८ पुस २०८२, मंगलबार १२:०० 23 December, 2025 12:00 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।