रिलायन्स स्पिनिङ मिल्सको आईपीओ : ६ गुणा आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ : ६ गुणा आवेदन



काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओ पहिलाे दिनमै करिब ६ गुणा बढी आवेदन परेको छ । सोमबार बिहान १० बजेदेखि सर्वसाधारणका लागि खुलेको आईपीओमा ५३ लाख ५८ हजार १०० कित्ताका लागि आवेदन परेको छ। यस अवधिमा १ लाख ९१७ जना आवेदकले आवेदन दिएका छन्।

कम्पनीले सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर बिक्री खुला गरेको हो। यसअघि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याइएको सेयरको बाँडफाँट भइसकेको छ।

सर्वसाधारणका लागि खुलाइएको आईपीओमा आवेदन दिने अवधि पुस ७ देखि ११ गतेसम्म तोकिएको भए पनि मागभन्दा धेरै आवेदन परेकाले समय अगावै बन्द हुन सक्ने निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

प्रकाशित : 22 December, 2025 6:06 pm