काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका छन् । बुधबार उनलाई चिरायु अस्पतालमा उपचारका लागि लगिएको हो ।
अस्पताल स्रोतका अनुसार शेरचनको उपचार प्रहरीको निगरानीमा भइरहेको छ । उनीसहित केही अन्य व्यक्ति विगत १९ दिनदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नियन्त्रणमा छन् । शेरचनमाथि बैंकिङ कसुरसम्बन्धी तीनवटा मुद्दामा अनुसन्धान जारी रहेको छ ।





Comment