काठमाडौं । बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले विदेश जाँदा अब प्रत्येक पटक सञ्चालक समितिबाट निर्णय लिन अनिवार्य भएको छ।
राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमणमा निर्णय गराउनु अनिवार्य हुने व्यवस्था लागू गरेको हो।
अहिले पनि बैंक तथा वित्तीय संस्थाले विदेश भ्रमण गर्दा भ्रमणको उद्देश्य, उपयोगिता र लागतबारे सञ्चालक समितिबाट अनुमोदन लिनुपर्ने व्यवस्था थियो। तर नयाँ निर्देशिकाले यसलाई थप कडाइ गर्दै प्रत्येक विदेश भ्रमणमा सञ्चालक समितिको निर्णय अनिवार्य गरेको छ।





Comment