समता घरेलु लघुवित्तको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

समता घरेलु लघुवित्तको लाभांश घोषणा



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई दिने बोनस सेयर र नगद लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले गत आवसम्मको वितरण योग्य मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको साधारण सभाबाट पारित भएपछि लाभांश वितरण हुनेछ ।

प्रकाशित : 14 December, 2025 11:32 am