रेमिट्यान्स रिपोर्टिङ फर्म्याटमा परिमार्जन: राष्ट्र बैंकले लागू गर्यो नयाँ ढाँचा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रेमिट्यान्स रिपोर्टिङ फर्म्याटमा परिमार्जन: राष्ट्र बैंकले लागू गर्यो नयाँ ढाँचा



काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स रिपोर्टिङ फर्म्याटमा परिमार्जन गरेको छ। राष्ट्र बैंकले बिहिबार एक सूचना जारी गर्दै रेमिट्यान्स कारोबार गर्ने बैंक, वित्तीय संस्था र कम्पनीहरुलाई यस विषयमा जानकारी गराएको हो।

केन्द्रीय बैंकको गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागमा अब रेमिट्यान्स कारोबार गर्ने बैंक तथा कम्पनीहरुले नयाँ ढाँचामा उक्त रिपोर्टिङ पेस गर्नुपर्नेछ।

नयाँ ढाँचाबमोजिम नै रेमिट्यान्स कारोबारको रिपोर्टिङ पेस गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

प्रकाशित : 11 December, 2025 2:54 pm