यस्ता छन पुँजी बजारको दीर्घकालीन विकासका लागि सरकारले तय गरेका कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यस्ता छन पुँजी बजारको दीर्घकालीन विकासका लागि सरकारले तय गरेका कार्यक्रम



काठमाडाै १६ जेठ  । सरकारले पुँजी बजारको दीर्घकालीन विकासका लागि कार्यक्रम तय गर्ने बजेटमा उल्लेख गरेको छ । पुँजी बजारमा उत्पादनमूलक क्षेत्रका कम्पनी भित्र्याउन विशेष कार्यक्रम तय गरिने भएको छ ।

धितोपत्र बजारको नियमन प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय नियमन क्षेत्रको सदस्यता प्राप्त गरिनेछ । ई–गेटवे प्राप्त गरी अन्तर्राष्ट्रियस्तरमा भुक्तानी प्रणाली विकास गरिने अर्थमन्त्री कृष्णबहादुर महराले बजेटमा उल्लेख गरेका छन् ।

आगामी अर्थिक वर्षमा पूर्वाधार विकास बैंक स्थापना गर्ने योजना तय गरिएको  छ । सरकारले स्वदेशी तथा विदेशी लगानीमा पूर्वाधार विकास बैंकको स्थापन गर्ने जनाएको छ । वित्तीय क्षेत्र सुधारका लागि नविनतम वित्तीय साधनहरुको उपयोग गर्ने योजना बनाइएको छ ।

यसैगरी, वित्तीय साक्षरतालाई पनि उच्च प्राथमिकतामा राखिएको छ । सरकारले प्रत्येक स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने नीति अवलम्बन गरेको छ । राज्य कोषबाट हुने तलब, सामाजिक सुरक्षा भत्तालगायतका आर्थिक कारोबार बैंकमार्फत भुक्तानी गर्ने तथा सबै नेपालीको बैंक खाता खोल्न अभियान चलाइने भएको छ ।

पुनर्कर्जालाई थप प्रभावकारी बनाइनेछ । यसैगरी, बिमा कम्पनीलाई मूलुकभर सेवा विस्तार गर्न उत्प्रेरित गरिने छ । यसका साथै आगामी आर्थिक वर्षबाट जीवन तथा निर्जीवन बिमा कम्पनीले बिमालेखको उल्लेख्य हिस्सा नेपालकै पुनर्बिमा कम्पनीमार्फत गनुपर्नेछ ।

प्रकाशित : १६ जेष्ठ २०७४, मंगलवार ०२:२७