टेक्सस कलेजमा तीनदिने विज्ञान–प्रविधि प्रदर्शनी सुरु, ५६ प्रोजेक्ट सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

टेक्सस कलेजमा तीनदिने विज्ञान–प्रविधि प्रदर्शनी सुरु, ५६ प्रोजेक्ट सार्वजनिक



काठमाडौं। काठमाडौंको मित्रपार्क चाबहिलमा अवस्थित टेक्सास इन्टरनेसनल कलेजले ‘टेक्सास साइन्स एन्ड आइटी एक्जिबिसन–२०८२’ आयोजना गरेको छ । टेक्सस कलेजमा विद्यार्थीले तयार पारेका विभिन्न वैज्ञानिक तथा प्रविधिमुखी परियोजनाको तीनदिने प्रदर्शनी सुरु भएको छ। कक्षा १० देखि स्नातक तहसम्मका विद्यार्थीले वर्षभरि मेहनत गरेर बनाएका मोडल र प्रोजेक्टहरू पहिलो दिनै आम दर्शकको आकर्षण बनेका छन्।

प्रदर्शनी उद्घाटन गर्दै कलेजका प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखुले विद्यार्थीले केवल सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक सीप पनि अनिवार्य रूपमा हासिल गर्नुपर्ने बताए। उनका अनुसार यस वर्षको प्रदर्शनीमा कुल ५६ परियोजना समावेश छन्। “सीप र उद्यमशीलता बिना ज्ञानले बजार पाउँदैन। त्यसैले विद्यार्थीलाई व्यवहारिक अभ्यासमा जोड दिएका छौँ,” बाखुले भने।

नवप्रवर्तन, रचनात्मकता र प्राविधिक उत्कृष्टताका लागि एक्जिबिसन महत्वपूर्ण उत्सव बन्ने विश्वास गरिएको छ । कलेजका विद्यार्थीले तयार पारेका १०० भन्दा बढी रोचक तथा उपयोगी परियोजनाहरू प्रदर्शनीमा राखिने कलेजका विजनेश डेभलपमेन्ट डाइरेक्टर नारायण प्रसाद पोखरेलले जानकारी दिए ।

कार्यक्रम उद्घाटनमा बोल्दै कलेजका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले विगतका वर्षमा पनि यस्ता एक्जिव्युसन हुने गरेका र आगामी वर्षहरुमा पनि निरन्तरता दिइने बताए । विद्यार्थीले तयार पारेको ड्रेनमार्फत पुष्पवृष्टी गरेर कार्यक्रम उद्घाटन गरिएको हो ।

प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेको रिमोट–कन्ट्रोल विमान, स्मार्ट हाउस, स्मार्ट ढोका, स्मार्ट ग्रिनहाउस, प्रदूषण नियन्त्रण प्रणाली लगायतका सामग्री विशेष रूपमा आकर्षण बनेका छन्। विद्यार्थीहरूले बनाएको सानो विमान परीक्षणका लागि जरिसंहपौवामा उडानसमेत गरिएको कलेजले जनाएको छ।

मंसिर २४ देखि २६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीहेर्न राजधानीका ११५ विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ। टेक्सस कलेजका अनुसार करिब २० हजार विद्यार्थीले प्रदर्शनी अवलोकन गर्ने अनुमान छ।

प्रकाशित : 10 December, 2025 2:56 pm