काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोमबार यस्तो सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी तोलाको तीन हजार ६०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला तीन हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।





Comment