तारागाउँ रिजेन्सी होटलले नगद लाभांश दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

तारागाउँ रिजेन्सी होटलले नगद लाभांश दिने घोषणा



काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको उक्त बैठकले गत आर्थिक वर्षको तर्फबाट आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने निर्णय गरेको हो।

यो निर्णय होटल्सले पुस २३ गते गर्न लागेको साधारणसभाबाट पारित भएपछि शेयरधनीहरूमा वितरण हुनेछ ।

प्रकाशित : 9 December, 2025 10:29 am