जोशी बने श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका नयाँ कामु सीईओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जोशी बने श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका नयाँ कामु सीईओ



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतमा अनिल जोशी नियुक्त भएका छन् । मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जोशीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत जोशीलाई मंसिर २३ गतेदेखि लागु हुनेगरी अर्को व्यवस्था नहुँदासम्म वा बढीमा ३ महिनासम्मका लागि उक्त जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीका सीईओ लिलामणी न्यौपानेको दोस्रो कार्यकाल मंसिर २२ गतेबाट समाप्त भएको छ ।

प्रकाशित : 9 December, 2025 10:22 am