काठमाडौँ । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आगामी पुस ८ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले सभा काठमाडौँको नयाँ बानेश्वरस्थित अर्पण ब्याङक्वेटमा बिहान साढे १० बजेबाट सुरु हुने तय गरेको हो।
यस सभामा कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, नियमनकारी निकायबाट कुनै निर्देश आएमा सो निर्देशन अनुसार संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।





Comment