काठमाडाै १५ जेठ । सरकारले बजेटमा किसानका लागि पेन्सन योजना ल्याएको छ। बिगतमा यस बिषयलार्इ बजेटमा समेट्ने चर्चा भएपनि समेट्न सकेको थिएन। पेन्सन योजनाकालागि सरकारले बर्ग क्षेत्रफल र उत्पादनलार्इ गणना गरी किसानलार्इ पेन्सन दिइने कार्यक्रम बजेटमा उल्लेख छ ।
यस पटक सरकारले कृषि क्षेत्रको आधुनिकीकरण तथा ब्यावसायिकरणकालागि ३० अर्ब ४० करोड बिनियोजन रुपैयाँ बिनियोजन गरेको छ। यसैगरी देशैभर कृषि बीमा लागु गरिने पनि बजेटमा उल्लेख छ। सरकारले कृषि विकास रणनीति बनाएर कृषि लागत घटाउन प्रयास गर्ने उल्लेख गरेको छ ।
अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा पेश गरेको बजेटमा कृषकले उत्पादन गरेको सामाग्रीको न्यूनतम समर्थन मूल्य तोकिने बताए । यस्तैसैगरी कृषि उत्पादनहरुको ब्राण्डिङ गर्ने तथा सामुहिक खेतीलार्इ प्रोत्साहन गरिने तथा कृषकहरुकालागि सहुलियत ऋणको ब्यबस्थामा पनि बजेटले प्राथिमकता दिएको छ ।
Comment