गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ



काठमाडौं । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाक्यलाई ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरको अनुसन्धानका लागि पक्राउ गरेको हो।

ललितपुर महानगरपालिका ३ पुल्चोक बस्ने ६० वर्षीय शाक्यलाई बुधबार भनिमण्डलबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए। 

प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन समेत जोडिएको कसुरमा शाक्यको पनि संलग्नता देखिएको सीआईबीको दाबी छ। शेरचनसहित ५ जना यसअघि नै उक्त कसुरमा पक्राउ परेका छन्। 

प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको आरोप उनीहरुमाथि छ। परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाक्यलाई ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरको अनुसन्धानका लागि पक्राउ गरेको हो।

ललितपुर महानगरपालिका ३ पुल्चोक बस्ने ६० वर्षीय शाक्यलाई बुधबार भनिमण्डलबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए। 

प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन समेत जोडिएको कसुरमा शाक्यको पनि संलग्नता देखिएको सीआईबीको दाबी छ। शेरचनसहित ५ जना यसअघि नै उक्त कसुरमा पक्राउ परेका छन्। 

प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको आरोप उनीहरुमाथि छ।

प्रकाशित : 3 December, 2025 3:18 pm