नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ



काठमाडौं  । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज  पक्राउ गरेको हो ।

यस्तै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि पक्राउ परेका छन् । 

उनीहरुलाई भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा भएको अनियमितता आरोपमा पक्राउ गरिएको हो । 

उनलाई म्याद थपका लागि विशेष अदालत लगिएको जनाइएको छ । 

प्रकाशित : 3 December, 2025 2:55 pm