काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट फैलिएका गलत सूचनाले निजी क्षेत्र र लगानी वातावरणमा ठूलो नकारात्मक प्रभाव पारेको बताएका छन्।
जेनजी आन्दोलनका क्रममा गलत सूचनाका कारण निजी क्षेत्रलाई ठूलो क्षति पुगेको स्मरण गर्दै उनले सञ्चार माध्यमले विश्वास जगाइ लगानीमैत्री वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखे।
“निजी क्षेत्र नै अर्थतन्त्रको इन्जिन हो”, अध्यक्ष ढकालले भने, तर प्रत्येक राजनीतिक आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण हुने क्रम जारी रहेकाले लगानी उत्साह घटेको उनको तर्क छ। उनले नीतिगत अनिश्चितता र भूतप्रभावी कानुनले लगानी वातावरण कमजोर पारेको टिप्पणी गरे।





Comment