प्रभु बैंकको कार्यवाहक सीईओमा निरज लम्साल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकको कार्यवाहक सीईओमा निरज लम्साल नियुक्त



काठमाडौं । प्रभु बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साललाई नियुक्त गरिएको छ । बैंकका वरिष्ठ कर्मचारी रहेका लम्साललाई आईतबारदेखि लागू हुनेगरि बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको हो ।

आईतबार सीईओ अशोक शेचनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले पक्राउ गरेको छ । शेरचन पक्राउ परेपछि लम्साललाइ कर्यवाहकको जिम्वेवारी दिने निर्णय बैंक सञ्चालक समितिले गरेको हो ।

सिआइबीले सीईओ शेरचनसहित बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत (सिसीओ) रिवास श्रेष्ठलाई नियन्त्रणमा लिईएको छ । डिसीईओ पोखरेल पालुङटार नगरपालिका वडा नम्बर २ का हुन् भने सिसीओ श्रेष्ठ इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का हुन् ।

उनीहरूले कानून विपरीत कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्नेर गराउने कसुरमा संलग्न रहेका आरोप छ ।

यसअघि प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेका थिए । उनीविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी थिइन्।

साथै बैंकबाट सम्पादन हुने सबै किसिमका सेवाहरु सम्पूर्ण शाखा सञ्जालहरुबाट निर्वाध रुपमा सञ्चालन हुने व्यवस्था मिलाईएको सुचना अधिकार रविन्द्र ढकालले जानकारी दिए ।

प्रकाशित : 1 December, 2025 10:40 am