कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले १० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।

यो सेयर खरिदका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । यस्तो आवेदन बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ ।

निर्धारित मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित : 1 December, 2025 10:31 am