काठमाडौं। नेपाल क्लियरिङ हाउस (NCHL) ले एक्सप्रेस चेक क्लियरिङ सेवामार्फत अब २ घण्टाभित्रै चेक भुक्तानी खातामा जम्मा हुने सुविधा उपलब्ध गराएको छ। यस सेवाले बैंक तथा वित्तीय संस्थामार्फत चेक कारोबार गर्ने ग्राहकलाई छरितो, सहज र विश्वसनीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।
NCHL अन्तर्गत सञ्चालित इलेक्ट्रोनिक चेक क्लियरिङ (ECC) प्रणालीमार्फत चेकको प्रक्रिया पूर्ण रूपमा स्वचालित रूपमा सम्पन्न हुने भएकाले भुक्तानी प्राप्त गर्न लाग्ने समय उल्लेख्य रूपमा घट्ने संस्थाले जनाएको छ।
ग्राहकले यो सुविधा उपयोग गर्न आफ्नो बैंक वा वित्तीय संस्थामा सम्पर्क गर्नुपर्नेछ। उक्त सेवाबाट डिजिटल भुक्तानीको प्रवद्र्धनसँगै व्यवसायिक तथा वित्तीय गतिविधि थप सुव्यवस्थित हुने विश्वास लिइएको छ।





Comment