एनपीएल : आज कर्णाली याक्ससँग लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजसँग विराटनगर किंग्स प्रतिस्पर्धा गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनपीएल : आज कर्णाली याक्ससँग लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजसँग विराटनगर किंग्स प्रतिस्पर्धा गर्दै



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । शनिबार त्रिवि क्रिकेट मैदानमा हुने खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स बिहान ११ः१५ बजे भिड्दै छन् भने दिउँसो ३ः३० बजे काठमाडौं गोर्खाज र विराटनगर किंग्स प्रतिस्पर्धा गर्दैछन् ।

कर्णाली याक्सका कप्तान सोमपाल कामी हुन भने लुम्बिनीका कप्तान रोहितकुमार पौडेल हुन् । पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको कर्णाली शनिबार चितवलाई ६ विकेटले हराएको लुम्बिनीसँग खेल जित्न उच्च मनोबलका साथ मैदानमा उत्रिदैछ ।

यस्तै आज हुने दोस्रो खेलमा । राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर करण केसी र लेग स्पिन सन्दीप लामिछानेको टिमबीच भिडन्त हुने छ । करणले काठमाडौंको कप्तानी गरिरहेका छन् भने सन्दीपले विराटनगरको कप्तानी गरिरहेका छन् ।

हालसम्म काठमाडौंले दुई खेल खेलि खेल्दा एक हार र एक जित हासिल गरेको छ । पहिलो खेलमा जनकपुर बोल्टसलाई ५ विकेटले हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले पराजित भएको थियो । यस्तै, विराटनगरले आफ्नो पहिलो खेलमा पोखरालाई ५३ रनले हराएको थियो ।

प्रकाशित : 22 November, 2025 9:41 am