लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल



काठमाडाै‌ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले ढकालले पछिल्लो समय देखिएका आन्दोलनहरूमा गलत तत्वको घुसपैठ र लुटपाटले व्यवसाय गर्नेहरूको व्यक्तिगत समय तथा उद्योग व्यवसायमा असर पारेको बताए। सोमबार काठमाडौंमा कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।


अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन तत्काल तरलताको अवस्था सुदृढ गर्न प्रशस्त र उपयुक्त उपायहरूको व्यवस्था गर्न आवश्यक रहेको बताउँदै उनले कानुनको कार्यान्वयन सही हिसाबले नभए लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित रहनेतर्फ चेतावनी दिए।

प्रकाशित : 17 November, 2025 1:31 pm