नेपाल विद्युतीय व्यावसायी महासंघमा नयाँ नेतृत्व चयन, दिलिप कुमार अग्रवाल अध्यक्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल विद्युतीय व्यावसायी महासंघमा नयाँ नेतृत्व चयन, दिलिप कुमार अग्रवाल अध्यक्ष



काठमाडौं । नेपाल विद्युतीय व्यावसायी महासंघको सोह्रौँ वार्षिक साधारण सभा तथा छैटौँ महाधिवेशन सम्पन्न गरी आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरिएको छ। देशभरका जिल्ला, नगर संघ तथा एसोसिएट सदस्यहरू सहभागी रहेको महाधिवेशनले दिलिप कुमार अग्रवाललाई महासंघको अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो।

विद्युतीय व्यवसाय क्षेत्रमा संलग्न व्यवसायीहरूको हित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा नीतिगत सुधारका लागि क्रियाशील रहेको महासंघले यस कार्यकालका लागि व्यापक अनुभव र नेतृत्व क्षमतासहितको टोली चयन गरेको छ।

निर्वाचित पदाधिकारीहरू यसप्रकार छन्ः

अध्यक्ष: दिलिप कुमार अग्रवाल

प्रथम उपाध्यक्ष: गोपाल अग्रवाल

द्वितीय उपाध्यक्ष: लेखनाथ सापकोटा

तृतीय उपाध्यक्ष: प्रकाश चन्द्र पाण्डे

महासचिव: शंकर देवकोटा

कोषाध्यक्ष: राजेश गौतम

सचिव: लोकनाथ पोखरेल

सह–कोषाध्यक्ष: शंकर प्रसाद पोख्रेल

कार्यसमिति सदस्यहरू:
ओम प्रसाद चालिसे, सरोज कुमार रेग्मी, कृष्ण प्रसाद कुइँकेल, राजेन्द्र पौड्याल, प्रभाकर पुरी, सुजन अधिकारी, डोलराम न्यौपाने

प्रदेशगत प्रतिनिधि सदस्यहरू:

कोशी प्रदेश – चन्द्रमणि देवकोटा

मधेश प्रदेश – प्रेम कुमार ठाकुर

बागमती प्रदेश – दिबेश कुमार जैन

लुम्बिनी प्रदेश – दिपक पौडेल

नव–निर्वाचित नेतृत्वले विद्युतीय व्यवसाय क्षेत्रको सुदृढीकरण, व्यवसाय मैत्री नीतिको निर्माण तथा प्रदेश–स्तरीय समन्वय विस्तारमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यसमिति सदस्य (कोशी प्रदेश) – चन्द्रमणि देवकोटा
कार्यसमिति सदस्य (मधेश प्रदेश) – प्रेम कुमार ठाकुर
कार्यसमिति सदस्य (बागमती प्रदेश) – दिबेश कुमार जैन
कार्यसमिति सदस्य (लुम्बिनी प्रदेश) – दिपक पौडेल

प्रकाशित : 16 November, 2025 3:37 pm