बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ७४ खर्ब ८२ अर्ब ५९ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ७४ खर्ब ८२ अर्ब ५९ करोड



काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ का पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा दुवैमा वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, समीक्षा अवधिमा कुल निक्षेप ७४ खर्ब ८२ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा ३ प्रतिशतले (२ खर्ब १८ अर्ब ७२ करोड) बढेको हो।

कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको हिस्सा क्रमशः ६.४५, ३८.७५ र ४६.४५ रहेको छ। संस्थागत निक्षेपको हिस्सा ३५.३५ कायम भएको छ।

निजी क्षेत्रमा प्रवाहित कर्जा पनि सकारात्मक वृद्धि भएको छ। यस अवधिमा कर्जा ५५ खर्ब ८० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। जसले १.५५ ९८२ अर्ब (३ करोड) वृद्धि देखाएको छ। गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६२.८५ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.२५ कर्जा गएको छ।

वाणिज्य बैंकहरूले १.६५, विकास बैंकहरूले ०.५५ र वित्त कम्पनीहरूले १.६५ कर्जा प्रवाह बढाएका छन्। लगानीको हिसाबले, चालु सम्पत्ति सुरक्षणमा १५५ र घरजग्गा धितोमा ६४.३५ कर्जा रहेको छ।

क्षेत्रगत हिसाबले, निर्माण क्षेत्रमा कर्जा २.९५, यातायात, सञ्चार र सार्वजनिक सेवा २.४५, औद्योगिक उत्पादन २.४५, उपभोग्य वस्तु १.६५, थोक तथा खुद्रा व्यापार १.४५ ले वृद्धि भएको छ । जबकि सेवा उद्योगमा ०.३५ कमी आएको छ।

कर्जा प्रकार अनुसार, रियल स्टेट कर्जा ३.२५, मार्जिन कर्जा ३.०५, क्यास क्रेडिट २.७५, आवधिक कर्जा ०.७५ र हायर पर्चेज कर्जा ०.६५ ले बढेको छ। तर ट्रष्ट रिसिट (आयात) कर्जा ४.३५ र अधिविकर्ष कर्जा ३.३५ ले घटेको छ।

प्रकाशित : 16 November, 2025 1:32 pm