माउन्टेन इनर्जीले घोषणा गर्‍यो लाभांश, बोनस र नगद दुवै वितरण गर्ने निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१३ मंसिर २०८३, आइतबारSunday, November 29, 2026

बैंक / वित्त

माउन्टेन इनर्जीले घोषणा गर्‍यो लाभांश, बोनस र नगद दुवै वितरण गर्ने निर्णय

काठमाडौं । माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश छन्। लाभांश अनुमोदन गर्न कम्पनीले मंसिर २९ गते वार्षिक साधारणसभा डाकेको छ। विद्युत नियमन आयोगको स्वीकृतिपछि साधारणसभाको प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रकाशित : २१ कार्तिक २०८२, शुक्रबार ११:४७ 7 November, 2025 11:47 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।