नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यद्वारा पदभार ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यद्वारा पदभार ग्रहण



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा सुजित कुमार शाक्यलाई नियुक्त गरेको छ। कार्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार शाक्यले आजपदभार ग्रहण गरेका हुन्।

शाक्यसँग झन्डै तीन दशक लामो बैंकिङ्ग अनुभव छ। उनले भारतको दिल्ली विश्वविद्यालयबाट ब्याचलर इन कमर्श र इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर गरेको ज्ञान हासिल गरेका छन्।

उनकााे बैंकिङ्ग यात्रा सन् १९९६ मा तत्कालिन नेपाल–श्रीलंका मर्चेन्ट बैंकबाट सुरु भएको थियो। त्यसपछि उनी हिमालयन बैंक, लक्ष्मी बैंक, सन् २००७ देखि बैंक अफ एशिया नेपालमा बिजनेस बैंकिङ्ग प्रमुखको रूपमा जिम्मेवारी सम्हाले।

तत्कालिन बैंक अफ एशिया नेपाल र एनआईसी बैंकको मर्जर प्रक्रियामा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। मर्जरपछि बनेको एनआईसी एशिया बैंकमा उनी सहायक महाप्रबन्धकको रूपमा कार्यरत रहे।

त्यसअघि उनी सिभिल बैंक, जनता बैंक र ग्लोबल आईएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरिसकेका छन्। सीईओ नियुक्त हुनु अघि शाक्य नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।

उनको नेतृत्व, विश्लेषण क्षमता र रणनीतिक दृष्टिकोणले एनआईसी एशिया बैंकलाई अझ सबल, गतिशील र विश्वसनीय बनाउनेछ। बैंकले उनको कार्यकालमा नयाँ उपलब्धिहरू हासिल गर्ने र प्रतिष्ठाको उच्च शिखरमा पुग्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित : 6 November, 2025 1:59 pm