काठमाडौं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् । दाहालले राष्ट्रको नाममा सम्बोधन गरेका छन् । सम्बोधन गर्दै गर्दा उनले आफ्नो कार्यकालमा गरेका कामहरुको बारेमा सम्बोधन गरेकाछन् ।
यस्ता छन उनका दाबी
- आर्थिक सुचकमा सुधार
लक्ष्य भन्दा १४ प्रतिशत बढी राजश्व संकलन
१२ वर्ष यताको कम मूल्य वृद्धि
महत्वकांक्षी उज्यालो नेपाल अभियानमा सफलता
ढल्केवर प्रशासरण लाईन
पून निमार्णमा तिव्रता
ओबिओआरमा सम्झौता
हुलाकी मार्ग तीव्र रुपमा अगाडि बढेको
मेलम्चीको खानेपानी आयोजनाको काम अन्तिम चरणमा
मेगासिटी प्रोजेक्टको काम अगाडि बढ्दै
लगानी सम्मेलन मार्फत १३ अर्ब ५१ करोड अमेरिकी डलर प्रतिबद्धता
बाफिया पारित
शक्तिखोरमा औद्योगिक क्षेत्र कार्यान्वयनमा
सात प्रदेशमा कृषि क्याम्पस
१२ वटा प्राणघातक रोगको १ लाख सम्म सरकारले व्यहोर्ने
लगानी सम्मेलन गर्दै इतिहासमै धेरै १४ खर्ब लगानी प्रतिवद्धता
विगतमा केन्द्रबाट निर्देशन मात्रै दिने प्रचलन थियो। त्यो तोडेर आफैले आयोजनाको अनुगमन निरीक्षण र निर्देशन दिएको
मुलुकको १७ शहरमा एक शहर एक पहिचान कार्यक्रम सुरु भएको, १३ वटा सहरमा मेगा सिटीको कार्य प्रारम्भ भएको
फास्ट ट्र्याक बन्ने ग्यारेन्टी भएको
किसान पेन्सनका लागि सरकारले योजना बनाएको
सातवटै प्रदेशमा कृषि उत्पादन वृद्धि गर्न प्रधानमन्त्री कृषि सुपरजोन सुरु
निजी आवास पुनर्निर्माणका लागि पहिले भन्दा १ लाख रुपैयाँ थप र सामूहिक जमानीमा ३ लाख दिने घोषणा
पुनर्निर्माण प्राधिकरणको गति सुस्त भएपछि नेतृत्व नै परिवर्तन
सीमान्तकृत समुदाय न्यायदाताको भूमिकामा पुगेको
लोकतन्त्र संविधानको अक्षरबाट हरेक गाउँ र वडासम्म पुगेको
उल्लासपूर्ण अवस्थामा स्थानीय तहको निर्वाचन पूरा भएको
१० महिनाको छोटो अवधिमा सरकार परिस्थिति बदल्न सफल भएको
(प्रधानमन्त्री ‘प्रचण्ड’ले देशबासीका नाममा गरेका विशेष सम्बोधनबाट)
Comment