गृह मन्त्रालयद्वारा ३६ जना सहसचिव र प्रमुख जिल्ला अधिकारीको सरुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

गृह मन्त्रालयद्वारा ३६ जना सहसचिव र प्रमुख जिल्ला अधिकारीको सरुवा



काठमाडौं । गृह मन्त्रालयले आइतबार ३६ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० हरूको सरुवा र पदस्थापन गरेको छ। मन्त्रालयले ललितपुर, रूपन्देही, डडेल्धुरा, गोरखा लगायत देशका विभिन्न जिल्लाका सिडिओहरूको सरुवा गरेको हो।

मन्त्रालयको निर्णय अनुसार सहसचिव र प्रमुख जिल्ला अधिकारी गरी कुल ३६ जनाको सरुवा तथा पदस्थापन गरिएको छ। मन्त्रालयले जारी गरेको सूचनामा ३१ जना प्रमुख जिल्ला अधिकारी, एक जना प्रमुख अध्यागमन अधिकृत, दुई जना सहसचिव र दुई जना महानिर्देशकको सरुवा गरिएको उल्लेख छ।

गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत खिमबादुर रायमाझीलाई जुम्लाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ भने जुम्लाका प्रजिअ केदारनाथ शर्मालाई गौतबुद्ध विमानस्थलमा प्रमुख अध्यागमन अधिकृतका रूपमा सरुवा गरिएको छ।

त्यस्तै, गृह मन्त्रालयका सहसचिव वासुदेव घिमिरेलाई झापाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। झापाका प्रजिअ गोपालकुमार अधिकारीलाई काभ्रेपलाञ्चोकमा पदस्थापन गरिएको छ।

गृहका सहसचिव गोगनबहादुर हमाललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ भने बर्दियाका प्रजिअ सुरेन्द्र पौडेललाई सिरहामा सरुवा गरिएको छ।

प्रकाशित : 27 October, 2025 1:59 pm