गरिमा विकास बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गरिमा विकास बैंकको लाभांश घोषणा



काठमाडौं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७.५७ रुपैयाँको कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (लाभांश करसहित) छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १९ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी बैंकले वितरण गर्नेछ।

प्रकाशित : 14 October, 2025 10:22 am