पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ



काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा आइतबार सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्। सीआईबीले लामो समयदेखि चलिरहेको अनुसन्धानका आधारमा उनलाई नियन्त्रणमा लिएको हो।

२०७९ पुस १० गते फ्लाई दुबईको फ्लाइटमार्फत आएका चिनियाँ नागरिक लि हानसङले ल्याएको भेपभित्र लुकाइएको करिब ८ करोड ५५ लाख रुपैयाँ बराबरको सुन प्रकरणमा महराको संलग्नता देखिएको बताइएको छ।

यसअघि महराका छोरा राहुल महरा यसै मुद्दामा पक्राउ परेका थिए। अनुसन्धानमा महरा परिवार र चिनियाँ नागरिकबीच निरन्तर सम्पर्क रहेको प्रमाण फेला परेको सीआईबी स्रोतले जनाएको छ।

राजनीतिक प्रभावका कारण पहिलेदेखि रोकिएको फाइल अहिले पुनः सक्रिय बनेको छ। सीआईबीले महराविरुद्ध थप अभियोजन दर्ता गर्ने तयारी गरेको बताइएको छ।

प्रकाशित : 12 October, 2025 5:14 pm