नेपालपत्रका सम्पादक माधव खड्का सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालपत्रका सम्पादक माधव खड्का सम्मानित



काठमाडाैँ । नेपालपत्र न्युज डटकमका सम्पादक माधव खड्का जनमुखी बचत तथा ऋण सहकारी संस्थाद्वारा सम्मानित भएका छन्। दोलखा, बैतेश्वर–५ मैनापोखरीमा मुख्यालय रहेको संस्थाले आफ्नो २९ औं स्थापना दिवस र २८ औं साधारण सभाका अवसरमा उनलाई नगद, दोसल्ला र प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको हो।

साधारण सभामा संस्थाका अध्यक्ष माधवप्रसाद दहाल र प्रमुख अतिथि समाजसेवी डा. चन्द्र प्रसाद दहालले संयुक्त रूपमा खड्कालाई सम्मान गरेका थिए।

संस्थाका सचिव लक्ष्मण चौलागाईंका अनुसार, खड्काले पत्रकारितामार्फत संस्थाको असल अभ्यास र मूल्यलाई सदस्य तथा समुदायमा पुर्‍याउन गरेको योगदानको कदरस्वरूप यो सम्मान गरिएको हो।

यसअघि पनि सम्पादक खड्का राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून, बागमती प्रदेश सहकारी संघ, बागमती प्रोस्कून र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघलगायत विभिन्न संघ–संस्थाबाट सम्मानित भइसकेका छन्।

सोही अवसरमा एसईई २०८१ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, उत्कृष्ट उद्यमी, बचतकर्ता, ऋणी तथा ज्येष्ठ सदस्यलाई समेत सम्मान गरिएको थियो।

प्रकाशित : 23 September, 2025 3:59 pm