स्वदेशी लघुवित्तको साधारण सेयर बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्वदेशी लघुवित्तको साधारण सेयर बाँडफाँड



काठमाडाै ७ जेठ । स्वदेशी लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणका लागि निष्काशन गरिएको साधारण सेयर आज बांडफांड गरिएको छ। स्वदेशी लघुवित्तको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलमा भएको साधारण सेयर बांडफांडमा ११२० कित्तासम्म आबेदन दिने लगानीकर्ताले गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् भने ११३० देखि ११५० र त्यो भन्दा बढी आबेदन दिनेले समानुपातिक प्रणाली अनुसार स्वदेशी लघुवित्तको १२ कित्ता सेयर पाएका छन।

एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार ९० हजार ८ सय १६ स्वीकृत आबेदनबाट २५ हजार ३० जनाले स्वदेशी लघुवित्तको साधारण सेयर आइपिओ पाएका छन। त्यस्तै १२ सय ६ जनाको आबेदन रद्द गरिएको छ।

स्वदेशी लघुवित्तले निष्कासन भएको साधारण ३ लाख साधारणसेयरमा ९१ हजार ४ सय २२ आवेदकबाट ३ अर्ब २६ करोड रुपैयाँको आबेदन परेको थियो। जसमा २५ हजार ३० जना सर्वसाधारणले २ लाख ७३ हजार कित्ता, कर्माचारीले १२ हजार कित्ता र १० सामुहिक लगानी कोषले १५ हजार कित्ता स्वदेशीको सेयर प्राप्त गरेका छन।

त्यस्तै एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार साधारणसेयर नपरेको पैसा जेठ १२ देखि फिर्ता गरिने भएको छ। लगानीकर्ताले उपलब्ध गराएका बैंक खाताहरु मध्य कुन-कुनमा सिधै पैसा जम्मा हुने भन्ने बारे क्यापिटलले सुचना जारि गर्ने भएको छ।

स्वदेशी लघुवित्तले चैत्र २५ देखि चैत २९ सम्म प्रति कित्ता सय रुपियाँ पर्ने गरी ३ करोड बराबरको ३ लाख कित्ता आईपिओ निष्काशन गरेको थियो ।हाल कम्पनीको चुक्ता पुंजी ७ करोड रहेकोमा आईपिओ निष्काशनपछि १० करोड पुग्ने छ । कम्पनीको अधिकृत पुंजी २० करोड छ । आईपिओ निष्काशन पश्चात कम्पनीको प्रमोटर: पब्लिक शेयर अनुपात ७०:३० रहने छ ।

इटहरीमा केन्द्रिय कार्यलय रहेको लघुवित्तले विभिन्न ३९ जिल्लामा ५० शाखा सञ्जाल मार्फत लघुवित्त सेवा प्रदान गर्दे आएको छ । इटहरीमा केन्द्रिय कार्यालय रहेको कम्पनीले विभिन्न ३९ जिल्लामा ४७ शाखामार्फत लघुवित्त सेवा प्रदान गर्दे आएको छ।

प्रकाशित : ७ जेष्ठ २०७४, आईतवार ०४:५९