सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन




काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको साधारण जनता लक्षित आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले भदौ ३० गतेदेखि १०० रुपैयाँ अंकित दरमा ११ करोड ९० लाख रुपैयाँभन्दा बढीको ११ लाख ९० हजार ६४० कित्ता शेयर जारी गरेको हो ।


यसमा सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कर्मचारीहरुका लागि ४३ हजार ५६० कित्ता शेयर छुट्टाइएको छा। सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।


आईपीओ खरिदका लागि आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखा र मेरो सेयरमार्फत दिन सकिन्छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरेर साउन २८ देखि भदौ १ गतेसम्म आईपीओ जारी गरिसकेको छ ।

प्रकाशित : 21 September, 2025 11:03 am