सिभिल बैंकको बोनस, मर्जर र हकप्रदको प्रस्ताव पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिभिल बैंकको बोनस, मर्जर र हकप्रदको प्रस्ताव पारित



काठमाडौं ५ जेठ। सिभिल बैंकको छैठौं बार्षिक साधारणसभाले गाभ्न लागेका कम्पनीको सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) पारित गरेको छ। साभारणसभाले सिभिलको १०० कित्ता सेयर बराबर युनिक फाइनान्सलाई ९० र हामा मर्चेन्टलाई ८९ कित्ता दिने प्रस्ताव अनुमोदन गरेको हो।
बैंकको साधारणसभाले गत बर्षको नाफाबाट २.८८ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि ०.१५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव समेत पारित गरेको छ।
 बैंकले बोनस सेयर जारीसँगै युनिक र हामालाई गाभेपछि कायम हुने पूँजीमा ४० प्रतिशत हकप्रद सेयर दिने प्रस्तावसमेत पारित भएको छ। यसअघि ३० प्रतिशत हकप्रदको प्रस्ताव थियो।

 

प्रकाशित : ५ जेष्ठ २०७४, शुक्रबार ०५:३७