शिवम् सिमेन्टद्वारा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा सरसफाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

शिवम् सिमेन्टद्वारा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा सरसफाई



काठमाडौं ‍। हालैको आन्दोलन र त्यसपछिका आगजनी तथा तोडफोडले काठमाडौंमा सिर्जना गरेको अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई अभियान सुरु गरेको छ।

कम्पनीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै कार्यालय परिसरमा सरसफाई अभियान सञ्चालन गरेको छ। यसक्रममा दैनिक कार्य सहज बनाउन आवश्यक फर्निचर समेत सहयोग गरिएको छ।

शिवम् सिमेन्टका प्रतिनिधिहरूले भनेका छन् कि, वर्तमान विषम परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै आगामी दिनहरूमा पनि निरन्तर सरसफाई तथा पुनर्निर्माण कार्यक्रम सञ्चालन गरिनेछ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअनुसार समुदाय र शहरलाई व्यवस्थित र सफा बनाउन योगदान दिने प्रतिबद्धता जनाएको छ।

शिवम् सिमेन्टले सामाजिक जिम्मेवारी अनुरूप काठमाडौंलाई सफा, सुरक्षित र व्यवस्थित बनाउन निरन्तर प्रयासरत रहने जनाएको छ।

प्रकाशित : 15 September, 2025 5:30 pm