काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य ७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
गत शुक्रबार भने सुनको मूल्य प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। जुन मूल्य हालसम्मकै उच्च हो।
यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५७० रुपैयाँमा कारोबार भईरहेको छ ।





Comment