काठमाडौं । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अवरुद्ध सेवा पुनः सञ्चालन गर्न निर्देशन दिएको छ।सम्पूर्ण इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी संस्थाका नाममा सूचना जारी गर्दै राष्ट्रबैंकले व्यवसायिक निरन्तरताका लागि आवश्यक सेवा तत्काल सुचारु गर्न आग्रह गरेको हो।
सेनाले जारी गरेको विज्ञप्तिअनुसार सीमित कर्मचारी परिचालन गरी संवेदनशील प्रणाली सञ्चालन गर्न र आवश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवामा बाधा नआउने व्यवस्था मिलाउन निर्देशन गरिएको छ।
यसबाहेक, अन्य प्रणाली जोखिमका आधारमा रिमोट एक्सेसमार्फत सञ्चालन गर्ने, सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी जानकारी आफ्नै वेबसाइट वा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई उपलब्ध गराउन पनि केन्द्रीय बैंकले आदेश दिएको छ।





Comment