नेपाल बैंक र कोटबारी होटेलबीच छुट सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
६ मंसिर २०८३, आइतबारSunday, November 22, 2026

अर्थबजार स्टोरी

नेपाल बैंक र कोटबारी होटेलबीच छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य र बैंकमा खाता रहेका ग्राहकले रिसोर्ट कोटबारी होटेल प्रा।लि।मा छुट पाउने भएका छन् ।

नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका ७, स्थित रहेको रिसोर्टले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा बैंक र रिसोर्ट बीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य र बैंकमा खाता रहेका ग्राहकलाई कोटबारी होटेल प्रा।लि। ले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको बैंकका प्रमुख सुचना अधिकारी होमबहादुर खड्काले जानकारी दिए ।

सम्झौतापत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र कोटबारी होटेल प्रा।लि। को तर्फबाट महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : १२ भदौ २०८२, बिहिबार १८:१७ 28 August, 2025 6:17 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।