साल्ट ट्रेडिङको नाफा र बिक्री दुबै घटे, नेटवर्थ ४१६ रुपैयाँभन्दा बढी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

साल्ट ट्रेडिङको नाफा र बिक्री दुबै घटे, नेटवर्थ ४१६ रुपैयाँभन्दा बढी



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको तुलनामा २.०५ प्रतिशतले कम हो।

अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीले ६ करोड ३२ लाख रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको थियो ।

कम्पनीको बिक्री आम्दानी पनि ८.५१ प्रतिशतले घटेको छ । कम्पनीले बिक्रीबाट ९९ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले यो अवधिसम्म ४ करोड ४३ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

कम्पनीले कर्मचारी खर्च ३३ करोड ३० लाख, ब्याज खर्च ४१ करोड ४७ लाख , ह्रासकट्टी खर्च १ करोड २१ लाख र १७ करोड ८२ लाख रुपैयाँबराबरको प्रशासनिक खर्च गरेको छ । कम्पनीको जगेडा तथा मुनाफा कोषको आकार १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । कम्पनीको चालु सम्पत्ति ५ अर्ब ३७ करोड र कुल चालु दायित्व ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १९.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ४१६.७४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ३८१.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७३.९८ गुणा कायम भएको छ ।

प्रकाशित : 21 August, 2025 2:27 pm