काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले नेपालमै विद्युतीय सवारीसाधन (इभी) उत्पादन गर्न सके रोजगारी सिर्जना हुने र व्यापारघाटा घट्ने बताएका छन् । मंगलबार इकोनोमिक मिडिया एसोसिएसन र नाडाले संयक्त्तरुपमा आयोजना गरेको प्यानल डिस्कशनमा बोल्दै उनले केही उद्योगीहरूले इभी एसेम्बलिङ सुरु गरिसकेको र सेजमा कारखाना खोल्ने माग बढेको बताए ।
“१८ खर्बभन्दा बढी आयात हुँदा निर्यात ३ खर्ब हाराहारी मात्रै छ, व्यापारघाटा १५ खर्ब २७ अर्ब पुगेको छ,” उनले भने, “नेपालमै इभी उत्पादन गर्न सके इन्धन खपत घट्छ र घाटा कम हुन्छ ।”
राउतका अनुसार, इभीसम्बन्धी नयाँ कानुन बन्ने क्रममा छ । साथै, दर्तादेखि परीक्षणसम्मका समस्या समाधानका लागि प्रदेश–स्थानीय सरकारलाई सहभागी गराएर पीपीपी मोडलमार्फत अघि बढ्ने तयारी भइरहेको छ ।





Comment