विकास हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विकास हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । विकास हाइड्रोपावरको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज र विकास हाइड्रोपावरबीच प्रतिशेयर १ सय रुपैयाँ अंकित ९० लाख ९१ हजार १३ कित्ता शेयर सूचीकरण सम्झौता भएको हो । नेप्सेले विकास हाइड्रोपावरको लागि कोड प्रदान गरेको हो ।

कम्पनीले प्रभु क्यापिटल मार्फत शेयर निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणमा कुल शेयरको ४९ प्रतिशत अर्थात ४४ लाख ५७ हजार ५ सय ९६ कित्ता र संस्थापकको ५१ प्रतिशत अथाृत ४६ लाख ३६ हजार ४ सय १७ कित्ता गरी ९० लाख ९१ हजार १३ कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम भदौ १ गतेको निर्णय अनुसार सूचीकृत गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसारको कम्पनीको शेयर कारोबार भदौ ४ गतेबाट हुनेछ । नेप्सेले विकास हाइड्रोपावरलाई ९७ रुपैयाँ ४३ पैसादेखि २ सय ९२ रुपैयाँ ९२ पैसासम्मको रेञ्ज प्रदान गरेको छ । स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो शेयर कारोबार यही रेञ्ज भित्र बसेर हुने गर्दछ ।

प्रकाशित : 19 August, 2025 6:04 pm