भदौ ११ देखि सर्वसाधारणमा आईपीओ जारी गर्दै बन्दिपुर केवलकार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भदौ ११ देखि सर्वसाधारणमा आईपीओ जारी गर्दै बन्दिपुर केवलकार



काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर सार्वजनिक निष्कासन गर्न लागेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आवेदनकर्ताले आस्वा सदस्य बैंक तथा “मेरो शेयर“ मार्फत आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन अवधि छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म रहनेछ ।

यो आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । यसअघि साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिएको थियो, जसको बाँडफाँड भइसकेको छ । कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता शेयर निष्कासनको स्वीकृति पाएको हो ।

प्रकाशित : 19 August, 2025 12:45 pm