आम्दानी घटेसँगै नेपाल टेलिकमको नाफामा ५७ प्रतिशतको गिरावट, इपीएस १४ रुपैयाँमा सीमित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

आम्दानी घटेसँगै नेपाल टेलिकमको नाफामा ५७ प्रतिशतको गिरावट, इपीएस १४ रुपैयाँमा सीमित



काठमाडौं। नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३४ करोड ५६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको यस कम्पनीले, गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३४ अर्ब ५३ करोड रुपैयाँ यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ६ अर्ब ७८ करोड रुपैयाँबाट घटेर ३ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ भने कुल आम्दानी ४२ अर्ब ११ करोड रुपैयाँबाट घटेर ३८ अर्ब ७३ करोड रुपौयँमा झरेको छ।

आम्दानी सामान्य घटेपनि कम्पनीको खुद नाफा भने उल्लेख्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको चालु कर खर्च ११ करोडबाट बढेर ४ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ पुगेको छ। जसका कारण कम्पनीको खुद नाफा ६ अर्ब २३ करोड ५५ लाख रुपैयाँबाट घटेर २ अर्ब ६६ करोड ८१ लाख रुपैयाँमा झरेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३४ रुपैयाँ ६४ पैसाबाट १४ रुपैयाँ ८२ पैसामा झरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४९५ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५९‍.१८ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७१ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ।

प्रकाशित : 17 August, 2025 11:53 am