पत्रकार इन्द्र बानियाँमाथि भएको धम्कीप्रति इमानको कडा आपत्ति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

पत्रकार इन्द्र बानियाँमाथि भएको धम्कीप्रति इमानको कडा आपत्ति

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आर्थिकन्यूजका प्रबन्ध सम्पादक इन्द्र बानियाँमाथि भएको अभद्र व्यवहार र ज्यान मार्ने धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

इमानका सल्लाहकार सदस्यसमेत रहेका बानियाँले राष्ट्रिय ट्रमा सेन्टरमा भएको अनियमितता, आर्थिक लेनदेन र नियुक्ति प्रकरणबारे समाचार प्रकाशन गरेका थिए। सोही विषयलाई लिएर ट्रमा सेन्टरमा कार्यरत एक महिला कर्मचारीले उनलाई अपशब्द प्रयोग गर्दै प्रत्यक्ष ज्यान मार्ने धम्की दिएको इमानले जनाएको छ।

विज्ञप्तिमार्फत इमानले भनेको छ– “समाचारको विषय चित्त नबुझ्ने हो भने प्रेस काउन्सिल नेपालमा उजुरी दिने वैधानिक बाटो छ। तर पत्रकारमाथि गालीगलौज र धम्की दिनु आपराधिक र निन्दनीय कार्य हो।”

इमानले यसलाई स्वतन्त्र पत्रकारितामाथिको आक्रमण भन्दै भत्र्सना गर्दै दोषीलाई तत्काल निष्पक्ष अनुसन्धान गरी कानूनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

प्रकाशित : ३१ श्रावण २०८२, शनिबार १०:११ 16 August, 2025 10:11 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।