सिद्धार्थ बैंकले पनि शुरु गर्ने भयो निशुल्क आस्बा सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैंकले पनि शुरु गर्ने भयो निशुल्क आस्बा सेवा



काठमाडौं, वैशाख ३० । सिद्धार्थ बैंक  निशुल्क आस्बा सेवा प्रदान गर्ने भएको छ । धितोपत्रको सार्वजनिक निष्काशनमा आवेदन दिँदा ग्राहकहरुले सिद्धार्थ बैंकमा रहेको आफ्नो चल्ती, बचत तथा कल खाताबाट आस्बा प्रणाली मार्फत सहज, सरल र सुरक्षित तरीकाले लगानी गर्न सक्ने बैंकले जनाएको छ ।

यस निशुल्क सेवाबाट आस्बा प्रणाली मार्फत शेयरमा लगानी गर्न ग्राहकहरु थप अभिप्रेरित हुने बैंक को विश्वास रहेको छ । २०७४ जेठ १ गतेदेखि बैकले देशभर रहेका आफ्ना ७२ शाखाहरुबाट ग्राहकहरुलाई यो सेवा प्रदान गर्नेछ ।

प्रकाशित : ३० बैशाख २०७४, शनिबार ०९:०५