सिद्धार्थ म्युचुअल फण्डका तीन बन्दमूखी योजनाबाट लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिद्धार्थ म्युचुअल फण्डका तीन बन्दमूखी योजनाबाट लाभांश घोषणा



काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका तीन बन्दमूखी योजनाले गत वर्षको मुनाफाबाट इकाईधनीलाई लाभांश वितरण गर्ने भएका छन्। सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले २० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेका छन्। यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले १७ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ।

फण्डका अनुसार इकाईधनी बुक क्लोज हुने सम्बन्धी सूचना पछि सार्वजनिक गरिनेछ। प्रस्ताव पारित भएपछि इकाईधनीले प्रतिफल प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : 11 August, 2025 12:00 pm