उच्च स्तरबाट तल झर्‍यो सुनको मुल्य, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

उच्च स्तरबाट तल झर्‍यो सुनको मुल्य, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य ओरालो लागेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन एक लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मुल्य तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ। यो नेपाली बजारमा हालसम्मकै उच्च हो।

आज चाँदीको मुल्य तोलामा पाँच रुपैयाँले बढेर दुई हजार ३३० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले बढेर चाँदी दुई हजार २२५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : 10 August, 2025 11:06 am