नबिल फ्लेक्सी फण्डको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नबिल फ्लेक्सी फण्डको लाभांश घोषणा



काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल फ्लेक्सी फण्डको लाभांश घोषणा गरिएको छ । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित उक्त योजनाको लाभांश घोषणा गरिएको हो ।

योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले योजनाका इकाईधनीहरु लाई आर्थिक २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले नबिल फ्लेक्सी फण्डका इर्काधीनहरुलाई ९ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको छ । लाभांश वितरण प्रयोजनका लागि बैठकले साउन २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ साउन २२ गतेसम्म कायम सेयरधनीहरु मात्रै उक्त लाभांश पाउन योग्य हुनेछन् ।

यो खुलामुखी योजना भएकाले लाभांश रकम पुनः लगानी गर्न सकिने योजना व्यवस्थापकले जनाएको छ । त्यस्ता इकाईधनीहरुले साउन २७ गतेसम्म पुनः लगानी योजनामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित : 8 August, 2025 2:34 pm